+
+

एपीएफ बन्यो टाइगर कपको च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १२:२३

१ माघ, पोखरा । विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा एपीएफले आर्मीलाई ३-० को सेटमा पराजित गर्दै लिग चरणमा बेहोरेको हारको बदला समेत लियो । एक पक्षीय जस्तै बनेको फाइनलमा एपीएफले आर्मीलाई २५-२३, २५-१५, २५-२० ले हरायो ।

एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो । गत संस्करण पनि फाइनल खेलेको एपीएफ नेपाल पुलिससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता पाँच टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए । जसमा आर्मी तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । यस्तै एपीएफ दोस्रो भएर फाइनल पुगेको थियो ।

शनिबारै पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियन एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

तस्वीर : सुदर्शन रन्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?