+
+

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते ९:३२

४ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।

यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो ।

संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?