
नारायणगढ–मुग्लिङ सडकखण्ड । फाइल तस्वीर
७ माघ, चितवन । सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4