+
+

निर्वाचन आयोगले कानून मन्त्रालयलाई बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते ९:०७

१४ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानूनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो ।

कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए ।

निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाव दिंदै आएको छ ।

तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले मिति तोकिएको छैन । बरु सरकारले केही कानून संविधानसँग बाझिएको भन्दै संशोधन गर्ने तयारी गरिरहेको छ । त्यसबारे कानून मन्त्रालयले महान्यायाधिवक्ता लगायतसँग छलफल गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?