+
+

नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १७:१७

२० माघ, काठमडौं । श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो ।

यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप ग्लोबल क्वालिफायरकाे लागि धम्मिकालाई बलिङ कन्सल्टेन्टको रुपमा ल्याउन लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

ग्लाेबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपाेजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताए ।

यसअघि क्यानले भारतका रघुराम श्रीनिवासलाई फिल्डिङ कन्सल्ट्यान्टको रुपमा नियुक्त गरिसकेको छ । मल्लका अनुसार धम्मिका शुक्रबारसम्म नेपाल आइपुग्ने छन् । धम्मिका ओमान भ्रमणसम्मको लागि नेपाल आउन लागेका हुन् ।

यसअघि नेपालमा आएर एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेलिसकेका धम्मिका नेपाल र नेपाली क्रिकेटसंग परिचित छन् ।

धम्मिकाले गत अक्टोबरमा नेपालमा भएको ईपिएल भैरहवा ग्ल्याडियटर्सबाट खेल्दै ६ खेलमा ८ विकेट लिएका थिए ।

३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल र एक टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?