+
+

थप २७ प्रकारका वस्तु आयातमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १८:३२

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले थप २७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले  यसअघिको सूचनामा थप संशोधन गर्दै आयातमा कडाइ गरिएका वस्तु प्रकार चार दर्जन पुर्याएको हो ।

बुधबार राष्ट्र बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका थप २७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्स लगायतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि यस्तो व्यवस्थाम गरिएको केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अनलाइनखबरलाई जानकारी दिए ।

विदेशी विनिमय सञ्चितिमा मुलुक दबाबमा पर्‍यो, यसअघिको बाहेक थप २७ वस्तुको आयातमा कम्तीमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको छौं,’ प्रवक्ता डा. भट्टले भने ।

राष्ट्र बैंकको नयाँ सूचनाअनुसार अब आयातकर्ताहरुले यस अघिका तीन सय प्रकारका वस्तुबाहेक थप ४७ प्रकारका माल वस्तु आयातमा नगद मार्जिन राख्नु पर्नेछ । चार प्रकारका वस्तुमा ५० प्रतिशत र बाँकी ४३ प्रकारका वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था भएको छ । यसअघि २० प्रकारका वस्तुमा मात्रै नगद मार्जिन लगाइएको थियो ।

हेर्नुहोस् विभागको सूचनाः

(यसअघि ‘थप २७’ हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ । -सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?