+
+

उड्डयन प्राधिकरणमा फेरि लफडा, अदालतको आदेश लिएर कार्यालय पुग्दै क्षेत्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते ११:५२

२ फागुन, काठमाडौं । निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री अनिवार्य अवकास पाएको निर्णय सर्वोच्च अदालतबाट छलफल नटुंगिएसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश बोकेर कार्यालय जाने भएका छन् । क्षेत्रीले कार्यालय जाने बताएपछि प्राधिकरणमा फेरि तानव सुरु भएको छ ।

अहिले प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको छ । सरकारले नियुक्त गरेका महानिर्देशक प्रदीप अधिकारी समेत अहिले कार्यालयमै छन् ।

सेवाबाट अनिवार्य अवकास पाइसकेका व्यक्तिलाई महानिर्देशक मान्न नसकिने भन्दै कार्यालयमा कर्मचारीले गेटमै धर्ना दिएको कर्मचारी युनियनका एक प्रतिनिधिले जानकारी दिए ।

‘अदालतको पूर्ण आदेश नआएसम्म हामी वर्तमान महानिर्देशकलाई मात्र चिन्छौं,’ उनले भने, ‘एउटा पूर्वकर्मचारी जतिबेला पनि प्राधिकरणमा आउन सक्नु हुन्छ, तर दलबलसहित आउन लागेको भन्ने सुनेकाले हामी सचेत बनेका छौं ।’

आइतबार सर्वोच्च अदालतले आगामी ९ फागुनमा दुबै पक्षलाई छलफलका लागि बोलाउँदै क्षेत्रीको अनिवार्य अवकास कार्यान्वयन नगर्न आदेश गरेको थियो । सोही आदेश बोकेर क्षेत्री प्राधिकरण छिर्न खोजेका हुन् ।

क्षेत्रीले अदालतको आदेशअनुसार आफू कार्यालय जान लागेको बताए । उनले प्राधिकरणमा पुगेर आफूले महानिर्देशककै हैसियतमा हाजीर गर्ने क्षेत्रीले बताए ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?