+
+

१३ स्थानीय तह थप्ने बहसको च्याप्टर क्लोज

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७८ फागुन ५ गते १५:५५

५ फागुन, काठमाडौं । स्थानीय तहको संख्या ७५३ कि ७६६ भन्ने बहसको च्याप्टर क्लोज भएको छ । अब ३० वैशाख २०७९ मा हाल कायम ७५३ स्थानीय तहमै निर्वाचन हुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताए ।

पाँच वर्षअघि राजनीतिक सहमतिका आधारमा १३ स्थानीय तह थप्ने निर्णय भएको थियो । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा गरी १३ वटा स्थानीय तह थप गर्ने सूचना ११ जेठ २०७४ मा राजपत्रमै प्रकाशित भएको थियो ।

निर्वाचन घोषणा भइसकेकाले त्यो बेला स्थानीय तहको संख्या थप्ने सहमति कार्यान्वयन हुन सकेन । पछिल्लो समय संघीय मामिला मन्त्रालयले स्थानीय तहको सीमाना हेरफेर, स्तरोन्नति र संख्या वृद्धिका लागि गृहकार्य गरेको थियो । यसबारे कुनै निर्णय नहुँदै सरकारले ३० वैशाख २०७९ मा स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनमा संख्या र सीमा हेरफेरका लागि चुनाव हुनुभन्दा एक वर्ष अघि नै प्रस्ताव पेश गर्नुपर्ने उल्लेख भएकाले यो पटक पनि २०७४ को राजनीतिक सहमति कार्यान्वयन नहुने भएको हो ।

संघीय मामिलामन्त्री श्रेष्ठले बिहीबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर स्थानीय तहको संख्या थप नहुने जानकारी गराएका छन् । यसबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको भन्दै मन्त्री श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अब त्यो च्याप्टर क्लोज भयो ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?