+
+

एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन संसदमा पेश

प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १३:३७

६ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७-७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समय दिए ।

कानुनमन्त्री बडुले प्रतिवेदन पेश गरेपछि बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?