+
+

संसदमा एमसीसी टेबल हुँदा तनावग्रस्त बनेको सडक

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

विकास/चन्द्र/शंकर/आर्यन विकास/चन्द्र/शंकर/आर्यन
२०७८ फागुन ८ गते २०:५३

८ फागुन, काठमाडौं । प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल हुँदा संसद भवन बाहिरको सडक भने अशान्त रह्यो ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नै एमसीसी टेबल गरेको विरोधमा सडक प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।

प्रदर्शनकारीले प्रहरीतर्फ इँटा र ढुंगा प्रहार गरे । दिउँसो १२ बज्दा नबज्दै सुरु भएको तनाव अपरान्ह साढे चार बजेसम्म रह्यो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?