+
+

गुगल म्याप्सको गज्जबको फिचर, इन्टरनेटविना पनि बाटो देखाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १३:५९

सूचना प्रविधिको वर्तमान युगमा हाम्रो दैनिक जीवनका धेरै काममा कुनै न कुनै एपको सहयोग चाहिने भएको छ, चाहे त्यो सपिङ होस् वा बैंकिङ । गुगलको लोकप्रिय एपको रुपमा रहेको गुगल म्याप्स पनि निकै उपयोगी एपको रुपमा रहेको छ ।

यो एपको मद्दतले तपाईंले संसारको जुनसुकै ठाउँमा गएर बाटो पत्ता लगाउन सक्नुहुन्छ । तर गुगल म्याप्स प्रयोग गर्नका लागि तपाईंको डिभाइसमा इन्टरनेट कनेक्सन हुनु आवश्यक छ । तर के तपाईंलाई इन्टरनेट विना पनि गुगल म्याप्स चलाउन सकिने काइदा थाहा छ ? यदि छैन भने यो आलेख उपयोगी हुनसक्छ ।

इन्टरनेट विना नै गुगल म्याप्स प्रयोग गर्न सकिने यो फिचर कुनै नयाँ फिचर होइन । वास्तवमा गुगल म्याप्सले अफलाइन म्याप्सको सुविधा दिन्छ । यस्तो गर्नका लागि तपाइँले गुगल म्याप्स एपमा म्यापलाई पहिले नै सेभ गर्नुपर्ने हुन्छ र त्यसो गरिसकेपछि तपाईंले इन्टरनेट विनै यो पमा आफ्नो गन्तव्य जाने बाटो पत्ता लगाउन सक्नुहुन्छ ।

यसका लागि तपाईंले सबैभन्दा पहिले आफ्नो स्मार्टफोनमा गुगल म्याप्स एप खोल्नुहोस् । एपको होमस्क्रिनमा सबैभन्दा माथि दायाँपट्टि  रहेको आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् । त्यहाँ अफलाइन म्याप्सको अप्सन देखा पर्दछ । तपाईंले उक्त अप्सन छनोट गरेसँगै स्क्रिनमा आफू कहाँबाट कहाँ जानुपर्ने हो भन्ने दुवै ठाउँको जानकारी हाल्नुहोस् । त्यसपछि डाउनलोड अप्सनमा ट्याप गर्नुहोस् र गुगल म्याप डाउनलोड हुन्छ ।

गुगल म्याप्समा यसरी डाउनलोड भएको नक्सा केही दिनका लागि मात्र रहन्छ र केही दिनपछि आफैं हट्दछ । त्यसैले तपाईंले अपडेट गर्नुपर्ने हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?