
९ फागुन, पाँचथर । प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘यहाँ घरघरमा श्रीमान् श्रीमतीको झगडा हुन्छ । दुई/चार जना बस्यो भने पनि झगडा हुन्छ । तर यहाँ तपाईंहरू मिलेर बस्नुभएको छ ।’
उनले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिन आग्रह गरे । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उनले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गरे ।
साथै मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान गरेका छन् । कन्सन्ट्रेटरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4