+
+

दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्ष कार्कीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते ९:०५

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा निधन भएको छ ।

वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘दुर्घटनामा घाइते अध्यक्ष ज्यूको हिजो राति उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी आएको छ’ डीएसपी घर्तीले भने ।

कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् ।

रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–१२ छिन्चु बजार नजिक यही फागुन ८ गते कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि अपरेशन गरिएको थियो । अवस्थामा सुधार नभएपछि कार्कीलाई ९ गते हेलिकप्टरमार्फत काठमाडौं उपचारका लागि लगिएको थियो ।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० वर्षीय भुपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । उनको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?