+
+
Shares

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ ।
  • मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना भएको थियो ।
  • गम्भीर घाइते भएकी पण्डितको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

७ कात्तिक, काठमाडौं । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ आउँदै गरेको ना.५४ प ९५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।

उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका–१ बर्गिनिया टोल बस्ने ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?