+
+

शिवरात्रिमा दाङको पाण्डवेश्वर महादेव धाममा घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १३:०३

१७ फागुन, दाङ । शिवरात्रिको अवसरमा दाङको धारापानीस्थित पाण्डवेश्वर शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

बिहान ४ बजेदेखि नै शिवको पूजा गर्न दर्शनार्थीहरु मन्दिर आएका थिए । हरेक वर्ष यो मन्दिरमा नेपलका विभिन्न जिल्लाका साथै भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् ।

शिवरात्रिलाई लक्षित गर्दै पाण्डवेश्वर महादेब धाम धारापानी मन्दिर क्षेत्रलाई सिँगारिएको पाण्डवेश्वर मन्दिरका व्यबस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । उनका अनुसार बिहान ३ बजेदेखि नै पाण्डवेश्वर मन्दिरका दुई ढोका खोलिएको छ ।

यसवर्ष ८ लाखभन्दा बढी दर्शनार्थी मन्दिरमा पूजापाठ तथा दर्शनका लागि आउने अनुमान मन्दिर व्यवस्थापन समितिले गरेको छ । पूजापाठका लागि मन्दिरमा चारवटा लाइनको व्यवस्था मिलाइएको छ ।

त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्डको ख्याल गर्दै मन्दिर क्षेत्रभित्र दर्शनार्थी र भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ भने मन्दिरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको विष्णुराम आचार्यले बताए ।

उनले मन्दिरको परीसरमा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको जानकारी दिए । शिवरात्रिका अवसरमा धारापानी सहित जिल्लामा विभिन्न ठाउँका शिवमन्दिरहरुमा पूजापाठ तथा मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?