+
+

अहिलेको वातावरण राप्रपाको पक्षमा छ : लोहनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १६:४२

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र नेपाल (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वातावरण राप्रपाको पक्षमा भएको भन्दै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

राप्रपाको केन्द्रीय समिति बैठकमा बोल्दै पूर्वअध्यक्ष लोहनीले ठूलो दलका छलछामबाट वाक्क भएका जनताले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाबाट विकल्प खोजेको, गुणात्मक परिवर्तन चाहेको बताएका हुन् ।

‘राष्ट्रवादी, प्रजातान्त्रिक छवि भएको राप्रपाबाट सुधार प्राप्त होस् भन्ने जनताले अपेक्षा लिएका छन्,’लोहनीले भने,‘राप्रपा वैकल्पिक शक्तिको रुपमा आओस् भन्ने जनचाहना छ । यो अतिरञ्जना होइन, जनता माझबाट आएको यथार्थ हो ।’

बुधबारदेखि काठमाडौंमा जारी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आज सम्पन्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?