+
+

मछिन्द्रका खेलाडीलाई ‘बेसिक लाइफ सपोर्ट’ प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:५४

२२ फागुन, काडमाडौं । ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले आफ्ना खेलाडी तथा अफिसियललाई फुटबल खेलका क्रममा हुने ठूला इन्जूरीमा तत्काल चिकित्सकीय सेवा प्रदान गर्न बेसिक लाइफ सर्पोट (बीएलएस)सम्बन्धी तालिम दिएको छ ।

बीएण्डबी अस्पताल तथा नेपाल कोरिया फ्रेण्डसिप अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर सञ्जयकुमार श्रेष्ठले क्लबका खेलाडीलाई तीन घण्टाको बीएलएस प्रशिक्षण गराएका हुन् ।

क्लबका फिजियो सुरज भुसाल र क्लब व्यवस्थापनको सक्रियतामा गरिएको कार्यक्रमले खेलाडीलाई कुन अवस्थामा बीएसएल र सीपीआर दिने भन्ने जानकारी मिलेको क्लबले विश्वास गरेको । ‘यस्तो-यस्तो अवस्था आयो भने सीपीआर आवश्यक हुन्छ भन्ने ज्ञान दिएका हौं । सबै खेलाडीलाई कस्तो अवस्थामा सीपीआर दिने र कसरी दिने भन्नेबारे ज्ञान दिइएको छ,’ फिजियो भुसालले आगामी खेलहरुमै मैदानमा त्यस्तो अवस्था आयो भने चिकित्सक टोली पुग्नुभन्दा पहिले नै खेलाडीले बीएलएससम्बन्धी काम गर्नसक्ने बताए ।

गएको माघ २९ गते ए डिभिजन लिगका क्रममा च्यासलविरुद्ध मछिन्द्रका युवा स्ट्राइकर मनिष डाँगीलाई गम्भीर कन्कसन (टाउकोको चोट) इन्जुरी भयो । उनलाई मैदानमै कार्डियो पल्मोनरी रिससिटेसन (सीपीआर) दिइएको थियो । त्यतिबेला नेपाली खेलाडीहरु भयवीत हुँदा विदेशी खेलाडीले मनिषलाई संहालेका थिए ।

यही घटनाबाट पाठ सिकेको मछिन्द्रले खेलाडीलाई आधारभूत ज्ञान दिन आवश्यक भएको निष्कर्ष निकाल्दै विशेषज्ञ चिकित्सकबाट प्रशिक्षण गराएको हो । फिजियो भुसालले फुटबलका मात्र नभएर सबै खेलका खेलाडी र अफिसियललाई सीपीआरसम्बन्धी ज्ञान दिन आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?