+
+

पूर्वगोर्खा सैनिकका समस्याको दीर्घकालीन समाधान खोज्छौं : राजदूत आचार्य

दिनेशकुमार परियार दिनेशकुमार परियार
२०७८ फागुन २३ गते १०:०७

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पूर्व गोर्खाहरुको समस्याको दीर्घकालीन समाधान खोज्ने बताएका छन् । त्यसका लागि नेपाली प्रनिनिधिमण्डलको तर्फबाट बेलायती रक्षा मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी उनले दिए ।

आइतबार लण्डनमा नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा राजदूत आचार्यले सो जानकारी दिएका हुन् ।

पूर्वगोर्खाहरुको समस्या समाधान गर्न आफूले बुद्धि, विवेक र क्षमताको प्रयोग गरेर दीर्घकालीन समाधान खोज्ने बताउँदै उनले त्यसको औपचारिक प्रकृया शुरु भएको बताए । भूपू गोर्खाहरुको मुद्दालाई मूल प्राथमिकतामा राखेको भन्दै उनले यो समस्याको स्थायी समाधान खोजिने बताए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष “ुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसँगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन पहल गर्ने राजदूत आचार्यको प्रतिवद्धता छ ।

दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गरिन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष “ुवराज अर्यालले बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तरोन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको बताए ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कूटनीतिज्ञको आगमन भएको भन्दै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताए । बीबीसी नेपाली सेवाका पूर्वप्रमुख समेत रहेका नेपालीले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि जानकारी गराएका थिए ।

शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावासको सहयोगका लागि सधैं तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गरे ।

त्यस अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्वय पुजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेन, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?