+
+
Shares

परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते २२:२२

२२ जेठ, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् ।

सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ दर्शाउँछ ।’

उनले परेडमा गोर्खा सैनिक दैख्दा आफू निकै गौरम्वाम्वित हुने पनि बताए ।

यो युनिट सन् २०२५ मा गठन भएको हो ।

सो अवसरमा राजा चार्ल्सले यो युनिटको सुरुवातले नयाँ अध्यायमा अगाडि बढ्ने बताउँदै ब्रिटिस सेनाभित्र अब यसलाई पूर्ण क्षमताअनुसार विस्तार गर्न अनुमति दिएको पनि बताए ।

आगामी तीन वर्षमा ४०० गोर्खा सैनिक उक्त युनिटमा सामेल हुने भनिएको छ ।

May be an image of the Tomb of the Unknown Soldier and text

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?