देश बनाउन नेपालीमा देश दुख्नु पर्दछ ।
हरेक नेपालीको मुटुमै देश दुख्नु पर्दछ ।।
पहिला हिमालको देश, अनि कसैको भेष ।
पहिला पहाडको देश, अनि कसैको भेष ।
पहिला तराईको देश , अनि कसैको भेष ।
देशै रहेनन् भने कसको के बच्ने हो शेष ।।
नेपालीको नशा नशामा देश बग्नु पर्दछ ।
त्यसैले प्रत्येकको मुटुमै देश दुख्नु पर्दछ ।।
सबै भाषाभाषी र भेषबीच एकता हुनुपर्दछ ।
सबै धर्म र संस्कृति बीच विशेषता हुनुपर्दछ ।
देश रहेनन् भने कहाँ कसको बच्ने हो अवशेष ।।
नेपालीहरुको आँखामा देश फुल्नु पर्दछ ।
त्यसैले नेपालीको मुटुमा देश दुख्नु पर्दछ ।।
नेपाल सबैको फूलको डाली बन्नु पर्दछ ।
हामी सबै यसको माली बन्नु पर्दछ ।
देशै रहेनन् भने कुन सत्ता र भत्ताको रेस ।।
त्यसैले सबैको हत्केलामा देश उठ्नु पर्दछ ।
देश बनाउन नेपालीमा देश दुख्नु पर्दछ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4