+
+

एमसीसीलाई सार्वभौमिकतासँग जोड्न मिल्दैन : मन्त्री झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १६:५०

२४ फागुन, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन् ।

विश्वका धेरै देशले सो सम्झौता स्वीकार गरेको भन्दै उनले ती देशले कुरा नबुझी एमसीसी स्वीकार गरेका हुन् त भनी प्रश्न गरिन् ।

नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विश्वका आधा दुनिँयामा एमसीसी लागू भएको तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको बताइन् ।

‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’ मन्त्री झाँक्रीले भनिन् ।

उनले अघि भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँमा त हुन्छ (एमसीसी स्वीकार गर्न हुन्छ) भन्ने छ नि त । उनीहरुले के कुरा नबुझेको हो ? हामी मात्रै सोभरेन्टी (सार्वभौमसत्ता) को लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?