+
+

बिहेको प्रश्नमा बुद्धिको जवाफ : अहिले नै बिहे गरे बालविवाहमा परिन्छ कि !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १८:०७
कलाकार बुद्धि तामाङ । फाइल तस्वीर

२५ फागुन, काठमाडौं । उमेरले ३५ वर्ष नाघेपनि अभिनेता बुद्धि तामाङ अविवाहित छन् । सबैजसो पत्रकार सम्मेलनमा उनलाई सोधिने प्रश्न उही हुन्छ- अब बिहे चाहिं कहिले गर्ने ?

बुद्धिको पनि उही उत्तर हुन्छ- बाल विवाहमा परिन्छ कि ।’

मंगलबार आयोजित फिल्म ‘मन्त्र’को पत्रकार सम्मेलनमा पनि बुद्धिले उही प्रश्नको सामना गर्नुपर्‍यो । अपेक्षाअनुसार नै उनले उही उत्तर दिए । उनको उत्तरमा अभिनेत्री दीया पुनले हाँसोको फोहोरा छुटाइन् ।

बिहेको प्रश्नलाई उनले हाँसीमजाकमा टारिदिने गरेका छन् । ‘अहिले नै बिहे गरे बालविवाहमा परिन्छ कि भनेर’ उनले ठट्यौली उत्तर यसपटक पनि दिए ।

यसअघि आयोजित ‘कबड्डी ४’ फिल्मको पत्रकार सम्मेलनमा पनि बुद्धिले विवाहको प्रश्नमा यही उत्तर दिएका थिए । शारीरिक बनावटका कारण अहिले पनि आफू १७-१८ वर्ष उमेरको देखिने भन्दै उनले यस्तो बताउने गरेका छन् ।

बुद्धि नेपाली कलाकारितामा ‘हैट’ उपनामले समेत चर्चित छन् । उक्त पत्रकार सम्मेलनमा बिहे कहिले गर्ने भन्ने प्रश्नमा दीयाले चाहिं लगन जुरेपछि भन्ने प्रतिक्रिया दिइन् भने सौगातले आउँदो वर्ष भनेर सञ्चारकर्मीलाई जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?