+
+

पारा तेक्वान्दो टिम इरान जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १५:१०

२६ फागुन, काठमाडौं । चौथो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार इरान जाने भएको छ । नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघले बिहीबार बिदाइ गरेको छ ।

नेपाली टोलीमा पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा छन् । पारा तेक्वान्दोको के ४४ विधाकी सृजनाले तेहरानमा ५२ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

इरानमा बुधबारदेखि नै यो प्रतियोगिता सुरु भइसकेको छ । सृजनाको खेल भने फागुन ३० गते परेको छ ।

पारा तेक्वान्दो टोलीले आसन्न एसियाली पारा खेलकुदको तयारी गरिरहेको छ । एसियाली खेलकुदका लागि सृजनाको वरीयता नपुग्ने भएकाले अफिसियल खेलमा सहभागिता जनाउन लागेको प्रशिक्षक लामाले अनलाइनखबरलाई जानकारी दिए ।

‘एसियाली खेलकुदमा सृजनासहित पलेशा (गोवर्द्धन) र विशाल-गर्वुजा)लाई तयार गर्दैछौं । दुई जनाको वरीयता पुग्ने भए पनि सृजनाको नपुग्ने देखियो । त्यसैले यो प्रतियोगितामा उनलाई सहभागी गराउन लागेका हौं,’ प्रशिक्षक लामाले भने ।

सृजनाले गत मंसिरमा बहराइनमा भएको एसियाली पारा युथ गेम्समा रजत पदक जितेकी थिइन् । सो प्रतियोगितामा पलेशाले स्वर्ण र विशालले कांस्य पदक जितेका थिए । पारा तेक्वान्दोमा के ४४ विधा भनेको दुईमध्ये एउटा हातको कुहिनाभन्दा तलको भाग नहुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?