+
+

२७ वर्षअघि सार्वजनिक जग्गा हडपेका १३ जना विरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:५३

३० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हडपेको आरोपमा १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि व्यवस्थापन समितिबाट निर्णय गराएर १३ जनाले सार्वजनिक जग्गा भोगचलन गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारका अनुसार २०५१ सालमा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सरकारी र सार्वजनिक जग्गा वितरण गरिएको थियो । जग्गा भोगचलन भएको करिब २७ वर्षपछि अख्तियारले सोमबार विद्यालयका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ र तत्कालिन प्रध्यानाध्यापक यामबहादुर ठकुरी विरुद्ध आरोप पत्र दायर गरेको हो ।

अख्यितार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र जग्गा लिने समेतलाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाइएका तीन जनाको भने मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?