+
+

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो लिग लिडर सिटी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १०:०६

१ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ ।

क्रिस्टल प्यालेसको मैदानमा सिटी खेलमा हावी भए पनि गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

बराबरीपछि सिटीले दोस्रो स्थानको लिभरपुलससँग ६ अंकको स्पष्ट अग्रता बनाउने अवसर गुमायो । अब बुधबार आर्सनलविरुद्ध जित हातत पारे लिभरपुलले सिटीसँग अंकदुरी १ मा झार्नेछ ।

क्रिस्टल प्यालेससँग बराबरीपछि सिटीका बर्नार्डो शिल्भाले आफ्नो टिम अझै राम्रो स्थानमा रहेको बताएका छन् । ‘हामीले गोल गर्न सकेनौं र हामीले गोल गर्नुपर्थ्यो’ शिल्भाले स्काई स्पोर्ट्ससँग भनेका छन्, ‘अझै ९ खेल बाँकी छ । तर लिभरपुल भन्दा हामी राम्रो स्थानमा छौं र उनीहरूले हाम्रो मैदानमा खेल्न बाँकी छ र त्यो उत्साहपूर्ण हुनेवाला छ ।’

बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । क्रिस्टल प्यालेस ३४ अंकसहित ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?