+
+
टी २० राष्ट्रिय महिला यू १९ प्रतियोगिता :

कर्णाली प्रदेशको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १७:०३

६ चैत,काठमाडौं। धनगढीमा जारी टी २० राष्ट्रिय महिला यू १९ प्रतियोगितामा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशविरुद्ध ३४ रनको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९३ रन बनाएको हो ।

कर्णालीका लागि किरण कुमारी कुवँरले ५० बल खेल्दै सर्वाधिक २५ रन बनाएकी हुन् । अर्की ब्याटछर तिर्सना विश्वकर्माले १२ रन, एन्जिला थापा ६ रनमा रन आउट भएकी हुन् । शोभा शाहीले ९ रनमा अविजित रहिन् ।

कर्णालीले वाइड र नोबलबाट ४१ रन एक्ट्रा पाएको हो । कर्णाली विरुद्ध सुदुरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक ३ विकेट र मनिष चौधरीले १ विकेट लिएकी हुन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागि भने कुनै पनि खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । सुदुरपश्चिमले १३.४ ओभरमा १० विकेट गुमाउँदै जम्मा ५३ रन बनाउन सकेको हो ।

सुदुरपश्चिालागि मनिषा चौधरीले सर्वाधिक ९ रन बनाइन् । अन्य खेलाडीमा सीमा कुँवर ५ रन, अनु खडायत ६, स्नेहा महरा ७ तथा पवित्रा धामी र जानकी थापाले क्रमशः ६ र ४ रन बनाएका हुन् ।

कर्णलीका लागि एन्जिला थापाले सर्वाधिक ३ विकेट लिएकी हुन् । त्यस्तै, श्रीमी सिंह थारु, दिक्षा पुरी र तिर्सना विश्वकर्माले समान २-२ विकेट र बिना थापाले १ विकेट लिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?