+
+

एएफसी कपको प्रत्यक्ष प्रसारणको लागि मछिन्द्र र एडप्याडबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १२:२३

८ चैत, काठमाडौं । एएफसी कप प्रारम्भिक छनोटअन्तर्गत श्रीलंकन क्लब ब्लु स्टारसँग हुने खेलका लागि शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एडप्याडसँग प्रसारण सम्झौता गरेको छ ।

सोमबार मछिन्द्र र एडप्याडबीच एएफसी कपको प्रारम्भिक छनोट चरणअन्तर्गत श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेलका लागि प्रसारण, मिडिया र वितरण अधिकारको लागि सम्झौता भएको हो ।

लगातार दुई पटक लिग उपाधि जितेको मछिन्द्रले पहिलो पटक एएफसी कपमा खेल्दैछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल यही चैत २२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?