+
+
Shares

नेपालमा ६५० एमजीको सिटामोल उत्पादनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:१४
नेपालमा बिक्री हुँदे आएका सिटामोल

१० चैत, काठमाडौं । नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ ।

यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ । स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने उल्लेख छ ।

नेपालमा प्रयोग भएको ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएको वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्ले बताउँछन् ।

‘शरीरको वजन बढ्दै जाँदा वा रोगको आधारमा हाल प्रयोग भइरहेका सिटामोलको डोज नपुगेको छ,’ डा. काफ्लेले भने,’ एक हजार एमजी पनि बढी हुनसक्छ । ५०० एमजीले पुग्दैन । हाम्रो शरीरलाई ६५० एमजी बढी प्रभावकारी हुने देखिन्छ ।’

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत पनि कोभिड-१९ का बिरामीमा सिटामोलले काम नगर्दा ठूलो समस्या आएको बताउँछन् । ‘पछिल्ला केही बर्षयता ५ सय एमजीको सिटामोलले काम नगरेर चिकित्सकले बढी डोज दिनुपरेको छ,’ डा. बस्नेतले भने, ‘डोज मिलाउनका लागि ६५० एमजी बनाउन राम्रै हुन्छ ।’

नेपालमा ६५० एमजीको औषधि हालसम्म उत्पादन भएको छैन । स्वदेशी औषधि उत्पादकले सिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन दर्ता गरेका छन् ।

तर, औषधिको वजन बढाउँदा सिटामोलको मूल्यमा पनि बढाउने तयारी छ । नेपालमा सिटामोलको मूल्य प्रति ट्याब्लेट हाल एक रुपैयाँ रहेको छ । तर, केही औषधि उत्पादकको दबाबमा सरकारले सिटामोलको तौलसँगै मूल्य पनि बढाउन लागेको भन्दै उपभोक्ता अधिकारकर्मीले विरोध जनाएका छन् ।

क्लिनिकल ट्रायल नगरी नयाँ तौलको औषधि उत्पादन र बिक्री गर्न नपाइने उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन् । सीमित उत्पादकले बढी मूल्य लिन पाउने स्वार्थमा यस्तो गलत, अनुचित, उपभोक्ताको जीवनमाथि हुने गम्भीर खेलबाड, दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नहुने उनको भनाइ छ ।

त्यसैगरी, बिहीबार बस्ने औषधि सल्लाहकार समितिको बैठकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्ध दिइने फाइजर बायोन्टेकको नयाँ खोपलाई आपतकालीन अनुमति दिनेबारेमा समेत छलफल हुनेछ ।

पशुपन्छी औषधि व्यवसायी तालिम सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरी औषधि व्यवस्था विभागलाई परामर्श दिने, औषधि बिक्री वितरण संहिता २०७८ स्वीकृत गरी लागू गर्न विभागलाई परामर्श दिने, औषधिको स्तर निर्धारण गर्ने लगायत विषय एजेण्डामा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?