+

मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

२०८३ असोज  ३१ गते १२:११ २०८३ असोज ३१ गते १२:११
Shares
मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंमा मदिरा सेवन गर्ने प्रचलनबीच औषधि खाइरहेकाले मदिरासँगको सम्भावित अन्तरक्रियाबारे सचेत हुन चिकित्सकले सुझाएका छन्।

दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ ।

मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको प्रभाव बढाउन सक्छ । उदाहरणका लागि, निद्रा तथा चिन्ता कम गर्न प्रयोग गरिने डाइजेपाम, अल्प्राजोलाम र निद्रा लगाउन प्रयोग गरिने जोल्पिडेमसँग मदिरा सेवन हानिकारक हुन सक्छ । यस्ता औषधिसँगै मदिरा सेवन गर्दा अत्यधिक निद्रा लाग्ने, चक्कर आउने, निर्णय क्षमता कमजोर हुने र शरीरको सन्तुलन बिग्रिने जोखिम हुन्छ ।

क्लोरफेनिरामिन र डिफेनहाइड्रामिन जस्ता एलर्जीका औषधिसँग पनि मदिरा सेवन गर्दा निद्रा र चक्करको असर बढ्न सक्छ । सेटिरिजिन जस्ता तुलनात्मक रूपमा कम निद्रा लगाउने औषधिसँग पनि केही व्यक्तिमा यस्तो असर बढ्न सक्छ । यसले लड्ने तथा सडक दुर्घटना हुने सम्भावना बढाउनुका साथै गम्भीर अवस्थामा श्वासप्रश्वासमा समेत असर पार्न सक्छ ।

एन्टिबायोटिक सेवन गरिरहेका व्यक्तिले पनि मदिराबारे विशेष सावधानी अपनाउनुपर्छ । मेट्रोनिडाजोलसँग मदिरा सेवन गर्दा वाकवाकी, बान्ता, पेट दुख्ने, अनुहार रातो हुने र मुटुको धड्कन बढ्ने जस्ता प्रतिक्रिया हुन सक्छन् । टिनिडाजोलसँग पनि यस्तो जोखिम हुने भएकाले उपचारका क्रममा र औषधि बन्द गरेपछि तोकिएको अवधिसम्म मदिरा सेवन गर्नु हुँदैन ।

त्यसैले औषधि सेवन गरिरहेको अवस्थामा मदिरा सेवन नगर्नु नै सुरक्षित विकल्प हो । औषधिको लेबलमा दिइएको निर्देशन पालना गर्ने र मदिरासँगको अन्तरक्रियाबारे चिकित्सक वा फार्मासिस्टसँग परामर्श लिने गर्नुपर्छ ।

औषधि दसैं मदिरा
कृष्ण नन्दन मेहता
लेखक
कृष्ण नन्दन मेहता
फार्मासिस्ट

कृष्ण नन्दन मेहता जिल्ला अस्पताल, डोल्पामा फार्मेसी शाखा प्रमुखका रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?

युरिक एसिड भएका व्यक्तिले दसैंमा कस्तो सावधानी अपनाउनुपर्छ ?

युरिक एसिड भएका व्यक्तिले दसैंमा कस्तो सावधानी अपनाउनुपर्छ ?

दसैंको रमझममा जथाभावी औषधि सेवन गर्दा झन् बिग्रिन सक्छ स्वास्थ्य

दसैंको रमझममा जथाभावी औषधि सेवन गर्दा झन् बिग्रिन सक्छ स्वास्थ्य

दसैंमा मासु :  छनोट, भण्डार र पकाएर खाँदासम्म के-के कुरामा ध्यान दिने ?

दसैंमा मासु : छनोट, भण्डार र पकाएर खाँदासम्म के-के कुरामा ध्यान दिने ?

दाल, गेडागुडीमा पाइने प्रोटिन र अण्डा, मासुमा पाइने प्रोटिन उस्तै हुन्छ ?

दाल, गेडागुडीमा पाइने प्रोटिन र अण्डा, मासुमा पाइने प्रोटिन उस्तै हुन्छ ?

युरिक एसिड बढेको छ भने नवरात्रिको व्रत बस्ने कि नबस्ने ?

युरिक एसिड बढेको छ भने नवरात्रिको व्रत बस्ने कि नबस्ने ?