+
+

ओडीआईमा देवको पहिलो अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ११:०५

१२ चैत, काठमाडौं । देव खनालले ओडीआईमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका छन् । पपुवा न्यु गिनीविरुद्ध टीयू मैदानमा भइरहेको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रियमा देवले अर्धशतक पूरा गरेका हुन् ।

उनले २४औं ओभरको अन्तिम बलमा पपुवा न्यु गिनीका नोर्मन भानुअलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । देवले ७२ बल खेल्दै २ चौका  र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए ।

यू-१९ राष्ट्रिय टिमका कप्तानसमेत रहेका देवले शुक्रबार पपुवा न्यु गिनीविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए । पहिलो खेलमा उनी शून्यमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?