+
+
सिटामोलको तौल वृद्धि प्रकरण :

औषधि व्यवस्था विभागमाथि छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १७:१२

१३ चैत, काठमाडौं । व्यापारीको स्वार्थमा सिटामोलको तौल वृद्धि गरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

मञ्च र संघले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राष्ट्रिय सर्तकता केन्द्रमा संयुक्त निवेदन पेश गर्दै सिटामोलको तौल वृद्धिमा ओषधि व्यवस्था विभाग स्वार्थ समूहको प्रलोभनमा परेको उल्लेख गर्दै कारबाहीको माग गरेका हुन् ।

‘कुनै आधार र प्रमाणविना केही व्यापारीको स्वार्थमा ६५० मिलिग्रामको सिटामोलको दर्ताविना अनुमति कारोबार गर्न दिने कार्य हुन लागेको छ । यसलाई तत्काल रोकेर छानबिन गरी विभागलाई कारबाही गरियोस्,’ निवेदनमा भनिएको छ । यस्तो सिटामोलको नेपालमा क्लिनिकल ट्रयाल नभएको, कुनै अनुसन्धान नभएको मञ्च र संघको दाबी छ । औषधिको मूल्य बढाउन लागेकाहरुको स्वार्थमा विभागले यस्तो निर्णय गरेको पनि उजुरीमा भनिएको छ ।

औषधिको आपूर्ति प्रतिबन्ध गर्ने र मूल्य एकाधिकार गर्ने गलत निर्णय सच्याउन माग गर्दै निवेदनमा विकसित देशहरुमा समेत यस्तो प्रकृतिको सिटामोलको उत्पादन र बिक्रीको अनुमति नदिइएको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?