+
+

मेस्सी बार्सिलोना फर्किएको हेर्न चाहन्छन् बुस्केट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १५:१२

१७ चैत, काठमाडौं । लियोनल मेस्सीलाई अहिले पनि बार्सिलोनाले सम्झिरहेको छ ।

कप्तान सर्जियो बुस्केटले पनि लियोनल मेस्सी बार्सिलोना फर्किने अवस्थामा स्वागत गर्न आतूर रहेको बताए । साथै कप्तानीको जिम्मेबारी पनि तुरुन्तै सुम्पिन तयार रहेको प्रष्ट पारेका छन् ।

यो सिजनको सुरुवातमा मेस्सी बार्सिलोना छाड्न बाध्य पारिएका थिए । क्लबले वित्तीय अनुशासनको नियमका अनुसार नयाँ सम्झौता गर्न असफल भएको जनाएको थियो । त्यसपछि उनी फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएपजी)मा अनुबन्ध भएका थिए ।

‘वास्तवमै मैले उनलाई फिल्ड भित्र र बाहिर पनि मिस गरिरहेको छु । उनले जे गरे अरु कसैले गर्न सकेका छैनन् । उनले निकै ठूलो परिवर्तन गरे । यतिधेरै समय सँगै हुँदा उनलाई सम्झिनु सामान्य कुरा हो । मेरो विचारमा उनले पनि मलाई सम्झिरहेका छन्,’ बुस्केटले भनेका छन्, ‘उनको वहिर्गमन हाम्रो लागि अप्रत्यासित थियो । उनले शहरलाई परिवर्तन गरे, टिमलाई परिवर्तन गरे र शैली परिवर्तन गरे ।

बुस्केटले थपे, ‘तपाईंले जित्न सक्नुभएन भने खुसी पाउनुहुन्न । म उनलाई शुभकामना दिन चाहन्छु र उनी फर्केर नोउ क्याम्प आउन भन्ने चाहन्छु । मलाई थाहा छ यो कठिन कुरा हो, उनले अर्को क्लबमा सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?