+
+

जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि एपीएफ र एनआरटी भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते २०:२०

१८ चैत, सिमरा । जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ ।

जारी सिजनमा एपीएफ दोस्रो उपाधि र एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ ।

यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाइब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो ।

जीतपुरसिमरा गोल्डकप १२औं संस्करणसम्म आइपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधि उचाल्न सकेको छैन् । दोस्रो संस्करणमा फाइनलमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित हुँदै उपविजेता बनेको थियो ।

एक संस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधि आफैंमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधि उचाल्न चाहन्छ ।

एपीएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्कने बताए ।

एपीएफसँग फाइनल खेल्न लागेको एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने आफ्नै टिमले जित्ने दावी गर्छन् । एपीएफ बलियो टोली भए पनि एनआरटी कमजोर नरहेको शाक्यको भनाइ छ । ए डिभिजन लिगबाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?