+
+

कञ्चनपुरमा एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १३:४०
अशोककुमार चन्द

२० चैत, धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् ।

गत पुुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

पार्टी विभाजन भएका बेला समेत एमालेमै बसेका चन्द पार्टी अध्यक्ष सुरेन्द्र विष्ट समूहको पेलानमा परेका कारण बाध्य भएर अर्को बाटो रोज्नुु परेको निकटस्थहरुलाई बताउने गरेका छन् ।

पार्टी प्रवेश गर्न लागेका उनीहरुलाई आइतबार दिउँसो वेदकोट नगरपालिका–३ दैजीस्थित जयशंकर सामुदायिक वनमा आयोजना हुने कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

वेदकोट नगरपालिकाका करीब दुई दर्जन जनप्रतितिनिधिसहित गरेर पाँच सयको संख्यामा नेता तथा कार्यकर्ता एमालेबाट आफ्नो पार्टीमा प्रवेश गर्न लागेको दाबी एकीकृत समाजवादीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?