+
+

एसबीबीएस अध्ययनरत विद्यार्थी नै प्रवेश परीक्षाका नक्कली परीक्षार्थी

काठमाडौंको किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १४:००

२० चैत, काठमाडौं । काठमाडौंको किस्ट मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा एमबीबीएस प्रथम र तेस्रो वर्षमा अध्ययरत विद्यार्थी नै नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेर सहभागी भएको पाइएको हो ।

महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नक्कली परीक्षार्थी बनेर सहभागी भएको आरोपमा पक्राउ परेकामध्ये अमर पण्डित र अनिकेत चौधरी एमबीबीएस प्रथम वर्षका विद्यार्थी हुन् । राम आशिष यादव चाहिँ एमबीबीएस तेस्रो वर्षका विद्यार्थी हुन् ।

विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये एकजना विद्यार्थी र अर्का भारतीय नागरिक पनि छन् ।

‘इस्तियाख अहमद नामक भारतका व्यक्तिलाई पनि नक्कली परीक्षार्थी बनाएर ल्याएको पाइएको छ’ कुँवरले अनलाइनखबरसँग भने, ‘उनी सन्नी कुमार शाहको परीक्षा दिन बानेश्वरस्थित परीक्षा केन्द्रमा बसेका थिए ।’

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई विभिन्न प्रलोभन दिएर नक्कली परीक्षार्थी बनाएको पाइएको छ ।

‘फ्रि स्कोलरसिप, पेइङ र पास मात्र गर्ने वर्गीकणका आधारमा पैसा दिने गरेको देखिएको छ’ कोइरालाले भने, ‘नाम निकालिदिएवापत २ लाखदेखि १८ लाख रुपैयाँसम्म तिरेको पाइएको छ ।’

सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसेर फारम भराएको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?