+
+

बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

सुरुको तीन महिना कुनै शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १६:४४

काठमाडौं । इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइराला र टेङ्गोपेका निर्देशक बसिर संगर्वालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बेलायतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट अनलाइन सेवा प्रयोग गर्दै इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन सकिनेछ । टेङ्गो पेबाट पैसा पठाउँदा सुरुको ३ महिनासम्म कुनै शुल्क लाग्नेछैन ।

विदेशबाट टेङ्गोपे मार्फत अनलाइन पठाएको रेमिट्यान्स नेपालभर रहेका १८ हजार बढी भुक्तानी केन्द्रबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ । त्यस्तै पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।

इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले बेलायतमा नेपालीहरुको प्रभुत्व ठूलो रहेको र यस सम्झौताले नेपालमा रेमिट्यान्स पठाउन एक नयाँ माध्यम थपिएको बताए ।

टेङ्गोपे विश्वका ४० भन्दा बढी देशमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको बेलायतको फाइनेन्सिअल कन्डक्ट अथोरिटीबाट इजाजत प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायक हो । यसले सरल र सस्तो दरमा आफ्ना ग्राहकहरुलाई क्यास पिक अप, तत्काल खाता क्रेडिट, मोबाइल वालेट क्रेडिट लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?