+
+

नेपाल बारमा सत्ता गठबन्धनको प्यानल नै विजयी (मतपरिणामसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १६:५८

काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी भएको छ। अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए ।

गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।

त्यस्तै महासचिवमा गठबन्धन समर्थित  उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।

उपाध्यक्षमा  सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् ।

सदस्यहरुमा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई,  रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र  सन्तोष तिवारीले चुनाव जितेका छन् ।

हेर्नुहोस् पूर्ण परिणाम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?