+
+

सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ७:१४

२७ चैत, काठमाडौं । एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने म्यानेजर अफ दी इयरबाट सम्मानित भएक छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले आफ्नो साधारणसभाका अवसरमा शनिबार न्यापानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो । सम्मानित भएपछि उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताएका छन् ।

‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?