+
+
Shares

वैकल्पिक विकास वित्त कोष सीईओमा खुल्यो दरखास्त

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १६:४६

१६ असोज, काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो ।

सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । ऐनको दफा १९ मा कोषको सीईओ पदमा नियुक्ति प्रावधान छ ।

यस्तो छ तोकिएको योग्यता

सरकारले सीईओ पदमा योग्य हुन स्वदेशी तथा विदेशी सबैका लागि खुला गरेको छ । ३५ वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको तथा वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्यशास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ ।

पूर्वाधार संरचना, आयोजना निर्माण वा विकास, सार्वजनिक–निजी–साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने सर्त राखिएको छ ।

कोषसँग स्वार्थको द्वन्द्व नभएको, उच्च नैतिक चरित्र कायम गरेको हुनुपर्ने समेत सर्त छ । दरखास्त दिने मिति २९ असोज तोकिएको छ । यस कोषको सचिवालय अर्थ मन्त्रालयमा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?