+
+

प्रतिस्थापन बजेटले नै अर्थतन्त्रलाई नकारात्मक दिशामा लग्यो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १३:३०

२७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेले सरकार छाडेपछि अर्थतन्त्र समस्यामा परेको बताएका छन् । एमालेबाट नियुक्त गभर्नर निलम्बनमा परेपछि एमालेले आफ्ना धारणा सार्वजनिक गर्न बोलाएको पत्रकार सम्मेलनमा बोल्दै उनले अर्थतन्त्रका सूचकहरु खराब अवस्थामा पुगेको बताएका हुन् ।

‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको सरकार छाड्दासम्म मुलुकको अर्थतन्त्र सृदृढ थियो, त्यसबेला मुद्रास्फीति ४ प्रतिशत भन्दा तल थियो, रेमिट्यान्स १० प्रतिशतले बढेको थियो’ उनले भने,’अहिले सबैतिर समस्या छन् ।’

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अर्थतन्त्र जोगाउन सार्थक र प्रभावकारी हस्तक्षेप जरुरी रहेको समेत बताए । यो सरकारले सहि नीति लिएर अघि बढ्न चाहेको भए अर्थतन्त्र सवल हुने उनले दावी गरे ।

आफूले ल्याएको बजेट लोकप्रिय भए पनि राजनीतिक कारणले नै प्रतिस्थापन बजेट ल्याएको उनलेे बताए । पूर्व सरकारले घोषणा गरेको योजनाहरूलाई निरन्तरता नदिएकोमा समेत उनलेे आक्रोश व्यक्त गरे । प्रतिस्थापन बजेटकै कारण अर्थतन्त्र संकटमा परेको उनले दावी गरे ।

‘प्रतिस्थापन बजेटले नै अर्थतन्त्रलाई नकारात्मक दिशामा लग्यो,’ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?