+
+
Shares
कविता :

आमाको प्रश्न

श्याम गैरे  श्याम गैरे 
२०८१ वैशाख २६ गते १५:००

पीपलका जराहरू जसरी

फैलिरहन्छन् आमाका पैतालाहरू

घरदेखि आस्नारी भीरको अक्करसम्म

केवल गुजारा चलाउन।

 

जङ्गलबाट फर्किंदा

आमाका कोतरिएका हातहरूमा

मिसिएको हुन्छ जङ्गली वटवृक्षको सुगन्ध,

भारीमा सापेको आमाको पछ्यौरीमा

टाँसिरहन्छ कालो कुरो।

 

आमालाई ऐंसेलुका काँडाहरू जिस्काइरहन्छन्,

उमेरहरूले जसरी।

 

कोही शहर त केही स्वर्ग पसेपछि

अहिले गाउँमा

आमाका सँगीहरू खासै भेटिंदैनन्,

तर आमाको अनुहारको मलिनतालाई

सन्तानका सुन्दर सपनाको दीपले निभाइरहन्छ।

 

तर मेरो एउटा प्रश्न छ-

 

जसरी पानीका थोपाहरू

खोलाको बाटो हुँदै समुद्रमा पुग्छन्,

बाफ वर्षा बनेर

सारा दृश्य जगत हराभरा पार्छन्

 

त्यसरी नै तिम्रा दूधका धाराहरू

वृद्धाश्रमको बाटोमा बगाएर

स्नेहचक्रको सागरमा पुगेपछि

तिम्रो मुस्कानको मरुभूमि हराभरा पार्न

ती सन्तानहरूलाई थप कति समय लाग्ला नि आमा ?

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?