+
+
Shares

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आजबाट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते ११:२७

१३ चैत्र, काठमाडौं । ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा सांस्कृतिक नगरी टीकापुरमा महोत्सव सुरु भएको हो ।

चैत १५ गतेसम्म सञ्चालन हुने यस त्रिदिवसीय महोत्सवले भाषा, साहित्य, कला, संस्कृति तथा स्थानीय जनजीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै राष्ट्रिय स्तरको साहित्य तथा सांस्कृतिक उत्सवको रूप लिने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणलाई ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा केन्द्रित गरिएको छ । नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृति र जीवन शैलीलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित महोत्सवको रूपरेखा तयार गरिएको छ ।

हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक तथा बहुसांस्कृतिक सहअस्तित्वको राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने विश्वास लिएका छौँ ।

महोत्सव अवधिभर विभिन्न विषयमा २७ वटा सत्रहरू सञ्चालन गरिनेछन् । यी सत्रहरूमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विमर्श र अन्तर्क्रिया हुनेछन् ।

देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, चिन्तक, पत्रकार, अनुसन्धान्धाता तथा सांस्कृतिक अभियन्ताहरूको सहभागिताले यस महोत्सवलाई गरिमामय र समृद्ध बनाउने अपेक्षा रहेको संस्थापक संयोजक महेशविक्रम शाहले जानकारी दिए ।

तेस्रो संस्करणअन्तर्गत टीकापुर साहित्य महोत्सवको पहिलो शृङ्खलाका रूपमा कर्णाली नदीमा जलविहार र थारू सांस्कृतिक नाचको प्रस्तुति रहेको छ । दोस्रो शृङ्खलाअन्तर्गत सडक नाटक प्रस्तुति, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सवका कार्यहरू रहेका छन् ।

तेस्रो शृङ्खलामा नाटक प्रदर्शन, थारू समुदायको लोकसंस्कृति प्रदर्शन, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, साङ्गीतिक कार्यक्रम तथा सुदूरपश्चिमको देउडा गायन र खेलजस्ता विविध गतिविधि समावेश गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?