+
+
Shares

टीकापुरमा पनि चल्यो डोजर, सार्वजनिक क्षेत्रका टहरा हटाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टीकापुर नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका टहरा र छाप्रा हटाउन सोमबारदेखि काम थालिएको छ।
  • प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले १५ दिने सूचना दिएपछि पनि संरचना नहटाए डोजर चलाइएको बताए।
  • नगरपालिकाले सरकारले दिएको निर्देशन र नीतिबमोजिम अतिक्रमण हटाउने काम विस्तारै अघि बढाउने जानकारी दिएको छ।

१४ वैशाख, धनगढी । कैलालीको टीकापुर बजार क्षेत्रमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन थालिएको छ ।

टीकापुर नगरपालिकाले बजार क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरेर बनाइएका टहरा तथा छाप्रा सोमबारदेखि हटाउन थालिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले सार्वजनिक जग्गामा बनाइएका टहरा एवं छाप्राको पहिचान गरेर तिनलाई हटाउने काम थालिएको बताए ।

उनकाअनुसार अतिक्रमण गरिएका क्षेत्रमा आफैँ खाली गराउन नगरपालिकाले १५ दिने सूचना समेत जारी गरेको थियो तर उक्त अवधिमा संरचना नहटाउनेको हकमा डोजर चलाइएको उनी बताउँछन् ।

तत्काललाई सार्वजनिक स्थानमा बनाइएका खोका, छाप्रा लगायतका संरचना हटाउन लागिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धिमालले विस्तारै सरकारले निर्देशन र नीतिबमोजिम अघि बढ्ने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?