+
+

स्मार्टच्वाइस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १३:४४

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र स्मार्टकार्ड नेपाल बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्टकार्ड नेपालका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै माइ पे वालेट प्रयोगकर्ताले माइ पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् । माई पे मार्फत विभिन्न व्यापार—व्यवसायमा आबद्व व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोबारको भुक्क्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?