+
+

थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १७:२०

२९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६६ जनाको पीसीआर परीक्षण गर्दामा २३ जना र १ हजार २१२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने हाल देशभर ५५४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ५३१ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?