+
+

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:१८

फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् ।

नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा आबद्ध थिए ।

उनी कोकाकोलामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड डि्रङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टे्रड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।

फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्धनको कार्य संहाल्नेछन् । उनको आगमनसँगै कम्पनीले थप सफलता हाँसिल गर्ने अपेक्षा गएकिो छ ।

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् ।

फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?