+
+

कैलालीमा रेशम चौधरीको पार्टीले पनि चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १७:२२

३ वैशाख, धनगढी । जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनामा सहभागी हुने बताएको छ ।

स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।

‘हामीले कैलालीका सबै स्थानीय तहमा पार्टीका स्थानीय कमिटीहरु विस्तार गरिसकेका छौँ,’ चौधरीले अनलाइनखबरसँग भने, ‘त्यसैले अगामी निर्वाचनमा सबै पालिकामा वडा तहदेखि पालिका स्तरसम्मका उम्मेदवार उठाउँछौँ । स्थानीय कमिटीहरुलाई ५ गते भित्र नाम सिफारिस गर्न निर्देशन दिइसकेका छौं ।’

टीकापुर नगरपालिकासहित पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्र मानेको नागरिक उन्मुक्ति पार्टीले यी ठाउँमा आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ भने ढिलो गरेर संगठन विस्तार भएका स्थानीय तहमा समेत धेरै वडाहरुमा आफ्नो उम्मेदवार जित्ने विश्वास लिएको छ । तर उक्त पार्टीले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ ।

‘हामी स्थानीय तहको निर्वाचन एक्लै लड्छौं तर कुनै पनि दलसँग तालमेल वा गठबन्धन गर्दैनौं,’ केन्द्रीय सदस्य चौधरी भन्छन्, ‘तर कुनै दलले हाम्रो पार्टीको चुनाव चिह्नबाट उम्मेदवार उठाउछौं भनेको खण्डमा मात्र तालमेल गरेर जान सकिने अवस्था भने रहन्छ ।’

चौधरीकाअनुसार अहिलेसम्म कुनै पनि स्थानीय तहमा उम्मेदवार छनोट भइसकेका छैनन् । आन्तरिक छलफल जारी भएकाले ५ गतेभित्र उम्मेदवारको नाम पालिकास्तरबाट सिफारिस हुने विश्वास नागरिक उन्मुक्ति पार्टीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?