+
+

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ११:३०

काठमाडौं । गोरखाको दुर्गम लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका-४ लाप्राकमा मंगलबारदेखि महोत्सव सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सव उद्घाटन गर्दै गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ।

गुरुङ फिल्म ‘फुङ’को प्रदर्शनीसँगै महोत्सव सुरु भयो । मंगलबार नै स्थानीयसँग ग्रामीण फिल्मसम्बन्धी अन्तरक्रिया समेत गरिएको छ ।

बुधबारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटा र फिचर फिल्म प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । रविन्द्र खड्का, लेखक एवं निर्देशक शिवम् अधिकारी, सम्पादक शिव पुरी, ध्वनि सम्पादक किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा छन् ।

जुरी टिमले छानेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण हुनेछ । महोत्सवमा भाग लिन काठमाडौंबाट गजित विष्ट, पनाह अधिकारी, छिरिङ भुटिया लगायतका फिल्मकर्मीहरु लाप्राक पुगेका छन् ।

मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नियमित फिल्म हेर्र्ने बानी बसाल्नु महोत्सवको उद्देश्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?