+
+
Shares

‘हनुमान अंश’ को सफलतामा फिल्म उद्योग मौन, निर्देशकले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १४:३३

विशाल चतुर्वेदीको फिल्म ‘हनुमान अंश’ ले विश्वभर ४५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अब यो फिल्म ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्म ओटीटीमा सार्वजनिक हुनुअघि निर्देशकले फिल्मको सफलताका बाबजुद ठूला निर्माण कम्पनी तथा फिल्म उद्योगबाट प्रशंसा नपाएको विषयमा आफ्नो धारणा राखेका छन् । फिल्मले सिनेमा क्षेत्रका पुराना मान्यतालाई पनि गलत साबित गरेको उनले बताए ।

स्क्रिनसँगको कुराकानीमा विशालले ‘हनुमान अंश’ को बक्स अफिस सफलताले फिल्म चल्नका लागि ठूला स्टार, महँगो बजेट वा स्थापित स्टुडियोको साथ अनिवार्य हुन्छ भन्ने सोचलाई तोडेको बताए । उनका अनुसार, यसअघि ठूला इभेन्ट फिल्म मात्रै सफल हुन्छन् र अन्य फिल्मले संघर्ष गर्नुपर्छ भन्ने मान्यता थियो । तर, आफ्नो फिल्मले त्यसलाई गलत साबित गरेको उनको भनाइ छ।

उनले सिनेमा आम मानिसको माध्यम भएको र दर्शकले नै फिल्म राम्रो वा नराम्रो भन्ने निर्णय गर्ने बताए । पहिले समीक्षक र सामाजिक सञ्जालले फिल्म कस्तो छ भनेर दर्शकलाई बताउने गरेको धारणा पनि अब बदलिएको उनले उल्लेख गरे।

फिल्म उद्योगको मौनताले निर्देशक अचम्मित

फिल्म सफल भएपछि उद्योगबाट अपेक्षित प्रतिक्रिया नआएको विशालले बताएका छन् । ठूला फिल्म सफल हुँदा फिल्म उद्योगका स्थापित व्यक्तिहरूबाट प्रशंसा तथा औपचारिक वक्तव्य आउने गरेको भए पनि आफ्नो फिल्मका लागि कुनै ठूलो निर्माण कम्पनीले प्रशंसा गरेको वक्तव्य जारी नगरेको उनको भनाइ छ ।

‘जब मानिसहरू मसँग भेट्छन्, फिल्मको निकै प्रशंसा गर्छन्’ उनले भने, ‘वरुण धवन, वीरेन्द्र सहवागलगायत केही ठूलो मन भएका मानिसहरूले खुलेर प्रशंसा गरेका छन् । तर, कुनै ठूलो स्टुडियो वा स्थापित निर्माण कम्पनीले फिल्मको सफलताबारे पत्र वा वक्तव्य जारी गरेको छैन ।’

सिक्वेलको काम किन रोकियो ?

यसअघि विशाल चतुर्वेदीले ‘हनुमान अंश’ को सिक्वेल बनाउने पुष्टि गरेका थिए । तर, फिल्मका निर्माता अनुप्रिया नागर, विशाल चतुर्वेदी, रागिनी सोना र नम्रता जी. सिंहबीच विवाद भएको खबरका कारण सिक्वेलको काम रोकिएको बताइएको छ ।

फिल्म नोभेम्बर २७ देखि एक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुने खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?