+
+

बक्स अफिस : ‘ए मेरो हजुर ४’ले पहिलो साता कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:४९
'ए मेरो हजुर ४'को एक दृश्यमा अनमोल केसी र सुहाना थापा ।

काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित रोमान्टिक फिल्म ‘ए मेरो हजुर ४’ बिहीबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्मले पहिलो साता चार करोड रुपैयाँ ग्रस कमाइ गरेको निर्माण कम्पनीले जनाएको छ ।

सुनिलकुमार थापा प्रोडक्सनले बिहीबार औपचारिक विवरण सार्वजनिक गर्दै पहिलो साता दिनमा ४ करोड १ लाख ग्रस कमाएको उल्लेख गरेको छ । झरना थापा निर्देशित फिल्म अहिले मुलुकभर मल्टिप्लेक्स तथा सिंगल पर्दाहरुमा प्रदर्शन भइरहेको छ ।

वितरक गोविन्द शाहीका अनुसार ‘ए मेरो हजुर ४’ले पहिलो दिनमा ८८ लाख, दोस्रो दिनमा ६६ लाख, तेस्रो दिनमा ८९ लाख, चौथो दिनमा ४५ लाख, पाँचौं दिनमा ४१ लाख, छैटौं दिनमा ३६ लाख र सातौं दिनमा ३६ लाख कमाइ गरेको छ ।

डेढ सय हलबाट रिलिज भएको फिल्मले दक्षिण भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’को कारण केही शो कम पाएको वितरक शाहीले बताए । ‘शो केही कम पाएपनि पाएको शोको अकुपेन्सी राम्रो छ,’ उनले भने  । दोस्रो साता पनि फिल्मले स्थिर कमाइ गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?